एनसेलको रिटमाथि बहस प्रारम्भ

होमल्याण्ड खबर

२०७६ बैशाख १२ गते, बिहीबार १४:१४ मा प्रकाशित

एनसेल कम्पनीले ठूला करदाता कार्यालयबाट बढी कर निर्धारण गरिएको दाबीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा आज बहस प्रारम्भ भएको छ ।

वैशाख ३ गते ठूला करदाता कार्यालयले एनसेलले तिर्न बाँकी रहेको लाभकर बापत ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा सात दिनभित्र बुझाउन भन्दै पत्र लेखेको थियो तर एनसेलले १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० रुपैयाँ मात्रै तिरे पुग्ने दाबीसहित वैशाख ९ गते सर्वोच्चमा रिट दायर गरेको हो ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा उक्त रिटमा बहस सुरु भएको हो ।

एनसेलका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरिरहेका छन् ।

यो मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिने वा नदिने सम्बन्धमा बिहीवार नै निर्णय हुनेछ ।