राष्ट्रपति भण्डारी आज दोस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुने

होमल्याण्ड खबर

२०७६ बैशाख १३ गते, शुक्रबार १४:४३ मा प्रकाशित

राजकीय भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीको आज चीनको दोस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुने कार्यक्रम रहेको छ।

चीनको राजधानी बेइजिङमा हुने दोस्रो बेल्ट एन्ड रोड फोरममा शुक्रबार राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारीको आजै बेलुकी चीनका राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम तय भएको बताइएको छ।

राष्ट्रपति भण्डारीको नेतृत्वमा रहेको नेपाली भ्रमण टोलीले बिहीबार दिनभर सियान प्रान्तका विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेको थियो।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी सी जिनिपिङ र चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।