मेघगर्जन र हुरीबताससहित आज पानी पर्ने संभावना

होमल्याण्ड खबर

२०७६ बैशाख १९ गते, बिहीबार ०९:०० मा प्रकाशित

उपत्यकासहित मध्य क्षेत्रको केही ठाउँमा बिहीबार पनि बेलुकीतिर हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् ।

भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन मौसमविद्ले आग्रह गरेका छन् ।

बंगालको खाडीको दक्षिण पूर्वी भागमा रहेको शक्तिशाली चक्रवात फानीको प्रभावले शुक्रबार दिउँसोपछि पूर्वी र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातसहित हुरीबतास चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

यसैगरी बुधबार साँझ वर्षासहित आएको हावाहुरीले केही स्थानमा क्षति पुर्‍याएको छ । पोखरा हुँदै काठमाडौंसम्म आएको हुरीले काठमाडौं उपत्यकासहितका जिल्लामा क्षति पुर्‍याएको हो ।