९ मंसिर २०८१, आईतवार
काठमाडौं उपत्यकाको विधुत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको ललितपुर महानगरपालिका—२१ खोकनामा २७ नम्बर निर्माणाधीन टावर ढालिएको छ ।
भक्तपुरसहित थानकोट, चापागाउँ १३२ केभी प्रसारण लाइनको टावर ढालिएको हो । ललितपुरमा नटबोल्ट खोलिदिएकाले खडा गरिएको टावर केही दिन अघि ढलेको नेपाल विधुत् प्राधिकरणले बताएको छ ।
बुधबार नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टावरको निरीक्षण गरेका थिए । यो प्रसारणलाइन नबने ललितपुरमा निकट भविष्यमा नै लोडसेडिङ हुने सम्भावना देखिएको प्राधिकरणले बताएको छ ।
विधुत्को माग बढिरहेको तर हाल विधुत् लोडसेडिङ गर्नु पर्ने वाध्यात्मक अवस्था आउन लागेको कार्यकारी निर्देशक घिसिङले बताएका छन् ।
स्थानीयको अवरोधले निर्माणमा अवरोध हुँदा प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउन लागेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बुधबार आयोजनास्थलको निरीक्षण गरेका छन् ।
काठमाडौं र भक्तपुरतर्फको निर्माण सकिएको छ भने ललितपुरको काम बाँकी भएकोले लोडसेडिङ हुन सक्ने बताइएको छ ।