३० फाल्गुन २०८२, शनिबार
बुटवलको जितगढीमा टिपरको ठक्करबाट स्कुटरमा सवार छोरीको घटनास्थलमै मृत्यु भएको छ भने उनका बुवा घनश्याम भण्डारी सामान्य घाइते भएका छन् ।
टिपरको ठक्करबाट बुटवल उपहानगरपालिका—१२ तामनगर बस्ने १९ वर्षीया पुष्पा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।


बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर दिएको थियो ।
ठक्कर दिएको आशंकामा लु२ख १९०३ र लु१ख ६२३३ नम्बरका दुईवटा टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।