कपिलवस्तुमा कार दुर्घटनाः एकको मृत्यु, एकको अवस्था गम्भीर

होमल्याण्ड खबर

२०७६ बैशाख २० गते, शुक्रबार १४:१५ मा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिकाको कैला खोला नजिकै कार दुर्घटना भएको छ ।

आज बिहानै भएको उक्त दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

दाङबाट कपिलवस्तुको चन्द्रौटा जाँदै गरेको बा१४च८४४५ नं को कार दुर्घटना भएको हो ।

दुर्घटनामा परी कारमा सवार रामपुर—६ दाङका ४७ वर्षीय तीर्थ आचार्यको मृत्यु भएको छ भने लमही– ८ दाङका २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

घाइते चौधरीको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको बताइएको छ ।