आज इडिभीको रिजल्ट आउँदै, नतिजा तलको लिंकबाट हेर्न सकिने

होमल्याण्ड खबर

२०७६ बैशाख २४ गते, मंगलवार १०:१५ मा प्रकाशित

अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०२० को नतिजा मंगलबार सार्वजनिक हुँदैछ । गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलेको थियो ।

इडिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दुतावासले जनाएको छ ।

अमेरिकी सरकारको इडिभी शाखाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ । नतिजा https://www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन पाइने छ ।