पूर्व–पश्चिम रेलमार्ग छिट्टै आउँदै छ, अब जनताले शंका मान्नु पर्दैनः अध्यक्ष दाहाल

होमल्याण्ड खबर

२०७६ बैशाख २४ गते, मंगलवार १३:०१ मा प्रकाशित

नेकपाका नेता पुष्पकमल दाहाल (प्रचण्ड)ले अन्य विकसीत राष्ट्रमा जस्तै नेपालमा पनि अब विकास हुने प्रतिवद्धता जनाएका छन् ।

नीति तथा कार्यक्रममाथि संसदमा भएको मंगलबारको छलफलमा सहभागी हुदै उनले सरकारले राम्रो काम गरेको र अबका सबै योजनाहरु बोलीमा मात्र नभइ व्यबहारमै लागु हुने दावी गरेका छन् ।
कार्यक्रममा बोल्दै उनले भने, “संपुर्ण नेपाली जनाताले अब केही संका मान्नु पर्दैन । योजना अनुसार कामहरु सबै पुरा हुने कुरामा विश्वस्त हुनु । उनले थपे, अब नेपालमा पुर्व—पश्चिम रेल ल्याउने योजनासहितका जतिपनि भनिएका योजना छन् ति सबै छिट्टै पुरा हुन्छन् ।”

उनले देशलाई समृद्धिको विकाससंगै सम्पुर्ण कार्यहरु व्यबहारमा ल्याएर देखाउने भन्दै सबैले विकासका कार्यमा शंका नमान्न आग्रह पनि गरेका छन् ।