१ चैत्र २०८२, आईतवार
देशका पूर्व र मध्य क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै पश्चिमको पहाडी क्षेत्रको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने मौसविदले बताएका छन् । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ ।


पश्चिमी वायुको प्रभाव र स्थानीयवायुको प्रभावका कारण पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाई छ ।
केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
पूर्व र मध्यका थोरै ठाउँ र पश्चिम पहाडीका एक–दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । बिहानैदेखि घाम लागेको काठमाडौँ उपत्यकामा बेलुकातिर बदली भइ हल्का पानी पर्न सक्ने सम्भावना छ ।
काठमाडौं उपत्यकासहितका ठाउँमा आज बिहानैदेखि घाम लागे पनि दिउँसो आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाइएको छ ।
राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविदको भनाई छ ।