१ चैत्र २०८२, आईतवार
प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी आज बुधबार साँझ स्वदेश फर्कंदैछन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर गएका प्रधानमन्त्री ओली साँझ ७ बजे त्रिभुवन विमानस्थल आइपुग्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री यही वैशाख २६–३० सम्म भियतनाम र वैशाख ३०–जेठ १ गतसम्म कम्बोडियाको औपचारिक भ्रमण गरेका थिए ।