युवतीमाथि एसिड आक्रमण गर्ने आफ्नै श्रीमान भएको खुलासा (अपडेट)

होमल्याण्ड खबर

२०७६ जेष्ठ २ गते, बिहीबार ०८:३० मा प्रकाशित

काठमाडौंको कालोपुलमा एक युवतिमाथि एसिड प्रहार गर्ने आफ्नै श्रीमान भएको खुल्न आएको छ।

घटनाको केही समयपछि प्रहरीले एसिड प्रहार गर्ने विष्णु भुजेललाई भक्तपुरस्थित काँडाघारी चोकबाट पक्राउ गरेको हो।

भुजेलले आफ्नै श्रीमती २० वर्षीय जेनी खड्कालाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएका छन्।

जेनीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। उनको अनुहार, छाति, हातलगायतका शरीरका धेरै अंग जलेका काठमाडौं प्रहरीले जानकारी दिएको छ।

भुजेलमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।