कञ्चनजङ्घा आरोहण : २ भारतीय पर्वतारोहीको मृत्यु, १ सम्पर्कविहीन

होमल्याण्ड खबर

२०७६ जेष्ठ २ गते, बिहीबार १३:२९ मा प्रकाशित

कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको र एक जना सम्पर्कविहीन भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

पर्यटन मन्त्रालयका अनुसार मृत्यु हुनेहरू दुवै जना भारतीय नागरिक हुन् ।

सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा मृतकहरूको शव तल ल्याउने प्रयास भइरहेको छ।

ठाडो उकालो भएकाले कञ्चनजङ्घाको शिखरमा पुग्ने बाटो अप्ठ्यारो भएको बताइन्छ। त्यहाँ बारम्बार हिउँपहिरो पनि गइराख्छ।

ताप्लेजुङ जिल्लाको नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जनाले सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ।