१ चैत्र २०८२, आईतवार
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई पांग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने नीति ल्याउन लागेको जनाएको छ ।
आइतबार महाशाखामा पत्रकार सम्मेलन गर्दै वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार पन्तले यस्तो बताएका हुन् ।


उनले भने, ‘सावारी दुर्घटनालाई हेर्दा दुई पांग्रे सावारी मोटरसाइकल–स्कुटरको दुर्घटना बढी देखिएको छ । त्यसमा पनि चालकभन्दा पछाडि बस्ने व्यक्तिको मृत्यु भएको तथ्याङ्कले देखाउँछ त्यसैले अब पछाडि बस्ने व्यक्तिले समेत हेलमेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गर्न लागिएको छ ।’
यातायात व्यवस्था ऐनमा यो नियम लागू गर्नका लागि अनुरोध गरेका छौं ।
३ महिना भित्र यो ऐन आयो भने ६ महिनाभित्र यो निमय पूर्ण रुपमा लागू गर्ने योजना रहेको पन्तको भनाइ थियो ।
साथै उनले हेलमेट समेत नापतौल तथा गुणस्तर विभागले तयार गरेको अन्तर्रा्ष्ट्रिय मापदण्ड बमोजिम हुने जसले गर्दा सडक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्न सहयोग पुर्याउने बताए ।
आर्थिक वर्ष २०७५–०७६ मा मात्रै मोटरसाइकलरस्कुटर दुर्घटनामा ९० जनाको मृत्यु भएको थियो ।