१ चैत्र २०८२, आईतवार
प्रतिनिधि सभाको संसद बैठकमा आज प्रतिवेदन पेश गरिने बताइएको छ ।
प्रतिनिधिसभाको बिहान ११ बजे बस्ने बैठकमा अर्थ समितिका सभापतिकृष्ण प्रसाद दाहालले ‘अर्थ समितिद्वारा २०७६ वैशाख महिनामा आयोजित आ.व. ०७६/७७ को पूर्व बजेट छलफल कार्यक्रम सम्बन्धी प्रतिवेदन, २०७६’ पेश गर्नेछन् ।


कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन ०७५/७६’ पेश गर्नेछन् ।
त्यसैगरी प्रधानमन्त्री के.पी. शर्मा ओलीले पनि विभिन्न प्रतिवेदन पेश गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले ‘महालेखा परीक्षकको छपन्नौं वार्षिक प्रतिवेदन, २०७५’ पेश गर्नेछन् ।
त्यस्तै उनले नेपाल सरकारको आर्थिक वर्ष ०७४/७५ को ‘सुशासन र राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष ०७४/७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन’ पेश गर्ने बताइएको छ ।