१ चैत्र २०८२, आईतवार
प्रहरीको खोजी सूचीमा रहेका विष्णु तामाङ ‘काले’ गुन्डालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
सोमबार बिहान सिन्धुपाल्चोकका विष्णु तामाङलाई नियन्त्रणमा लिन महानगरीय अपराध महाशाखाको टोलीले गोली चलाएको हो ।
तामाङलाई प्रहरीले खोजीरहेको थियो । खोज्ने क्रममा टोखामा भेटिएका तामाङले प्रहरी टोलीलाई हतियार देखाएको महाशाखाले बताएको छ ।


काले भनिने विष्णुले पेस्तोल देखाएपछि उसलाई नियन्त्रणमा लिनको लागि प्रहरीले घुँडामुनि गोली प्रहार गरेको दाबी गरेको छ। प्रहरीको गोली लागेर घाइते विष्णुको वीर अस्पतालमा उपचार भइरहेको छ।