१ चैत्र २०८२, आईतवार
मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति हत्या गरिएका ९ जनाकै पहिचान खुलेको छ ।
सोमबार राति स्थानीय धनराजको परिवारका पाँच जना र बमबहादुरको परिवारका चार जनाको हत्या भएको वडाध्यक्ष हस्तराज फियाकले जानकारी दिएका छन् ।


उनका अनुसार, हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।
१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् ।
उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीन्दाले बिहान मात्रै थाहा पाएका थिए ।
हत्या भएकाहरुको शव विभत्स अवस्थामा घर बाहिर र भित्र छरिएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।
घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।