१ चैत्र २०८२, आईतवार
पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको छ भने एक बालिका घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले २ परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थल गएको जानकारी दिए ।


घाइते बालिकालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
कसले किन हत्या गर्यो भन्ने विषयमा केही खुलेको छैन । घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।