उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ७ सय २८ सवारीका चालक कारवाहीमा

होमल्याण्ड खबर

२०७६ जेष्ठ ७ गते, मंगलवार १२:४६ मा प्रकाशित

सोमबार काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ७ सय २८ जना सवारीका चालक कारवाहीमा परेका छन् ।

ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ७ सय २८ जना सवारी चालकलाई सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कार्वाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, लेन उल्लंघन गर्ने २३६, जथाभावी पार्किङ गर्ने १५६, मदिरा पिएर सवारी साधन चलाउने ६९, ढोका खुल्लै राखेर सार्वजनिक सवारी चलाउने ५९, अनावश्यक हर्न बजाउने ६६, जेव्रा क्रसिङमा सवारी रोक्ने ३७ जना चालक रहेका छन् ।

यस्तै मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ३८ जना ट्याक्सी चालकलाई पनि ट्राफिक प्रहरीले कार्वाही गरेको जनाएको छ ।