काठमाडौंको तापक्रम यो वर्षकै उच्च

होमल्याण्ड खबर

२०७६ जेष्ठ ८ गते, बुधबार ०९:०६ मा प्रकाशित

काठमाडौंको तापक्रम मंगलबार यो वर्षकै उच्च मापन गरिएको छ ।

मंगलबार काठमाडौंको अधिकतम तापक्रम ३२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको वैशाख १९ गते ३२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम त्यसयता घटबढ हुँदै मंगलबार ३२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको हो ।

केहिदिनयता पानी नपर्दा देशभरी कै तापक्रम बढेर जनजीवन प्रभावित भएको छ ।

यसअघि २०४६ साल वैशाख २५ गते काठमाडौंको तापक्रम अहिलेसम्म कै धेरै ३६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।