कुलमानको चमत्कार: यहि वर्षादेखि २ सय मेगावाट विधुत् भारतलाई बेच्ने

होमल्याण्ड खबर

२०७६ जेष्ठ ८ गते, बुधबार १५:१६ मा प्रकाशित

नेपाल विधुत् प्राधिकरणले यहि वर्षातदेखि २०० मेगावाट विधुत् भारत निर्यात गर्ने भएको छ ।
विधुत् प्राधिकरणले आगामी वर्ष ५० बढी आयोजनाबाट करिब एक हजार तीन सय मेगावाट विधुत् उत्पादन हुने प्रक्षेपण गरेको छ ।

अहिले रातको समयमा ९०० मेगावाट मात्रै विधुत् माग रहेको र असारभित्र नेपालले एक हजार एक सय मेगावाटभन्दा बढी विधुत् उत्पादन गर्ने हुँदा रातको समयमा बढि हुने करिब २०० मेगावाट विधुत् निर्यात गर्ने अवस्थामा पुगेको हो ।
प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए र १४ मेगावाटको कुलेखानी ३ बाट ७४ मेगावाट विधुत् थपिदै छ । त्यसैगरी निजी क्षेत्रका आयोजनाबाट ४० मेगावाट विधुत् थपिइसकेको छ ।

वर्षातमा सबै आयोजना पूर्ण क्षमतामा चलेमा एक हजार एक सय मेगावाटभन्दा बढि विधुत् उत्पादन हुने र रातको सयमा ९०० मेगावाट हाराहारी मात्रै विधुत् खपत हुने हुँदा २०० मेगावाट विधुुत निर्यात गर्ने नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
रातको समयमा विधुत माग नौ सय मेगावाट हारहारी छ । १०० मेगावाट जति माग तलमाथी भइरहन्छ । भदौ भन्दापछि आयोजनाले शतप्रतिशत विधुत उत्पादन गर्ने र त्यतीबेला सम्म थप केहि आयोजना पनि सञ्चालनमा आइसक्ने हुँदा नेपालले २०० मेगावाट जति विधुत भारत निर्यात गर्ने भएको हो ।

आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोशी, १११ मेगावाटको रसुवागढी, ८२ मेगावाटको तल्लो सोलु, ४२.५ मेगावाटको साञ्जेन लगायतका आयोजना र यो वर्ष विधुत उत्पादन गर्न नसकेका १२० मेगावाटका ९ आयोजना समेत गरी एक हजार दुई सय ७० मेगावाट विधुत उत्पादन हुने प्राधिकरणको प्रक्षेपण छ ।