हावाहुरीसहित वर्षाको सम्भावना

होमल्याण्ड खबर

२०७६ जेष्ठ १० गते, शुक्रबार ०८:०० मा प्रकाशित

देशको पहाडी भूभागहरूमा शुक्रबार आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अपरान्हपछि सामान्य बदली भई थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

देशका अन्य क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशका अधिकांश भूभागमा शुक्रबार राति पनि आंशिकदेखि सामान्य बदली रहने र पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी तथा मध्य क्षेत्रका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।