सिरहामा बस र ट्रक ठोक्किँदा घटनास्थलमै २ जनाको मृत्यु, २५ घाइते

होमल्याण्ड खबर

२०७६ जेष्ठ १० गते, शुक्रबार १२:२७ मा प्रकाशित

सिरहा जिल्लाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गए राति करीब १०ः२५ बजे पूर्वबाट पश्चिम काठमाडौँ हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा बसमा सवार २५ यात्रु घाइते भएका छन् । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

मृतक दुवैको सनाखत नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।