भूकम्पले ध्वस्त बनाएको दरबार हाईस्कुल फेरि ठडियो

होमल्याण्ड खबर

२०७६ जेष्ठ १० गते, शुक्रबार १६:१७ मा प्रकाशित

भूकम्पले ध्वस्त बनाएको नेपालको सबभन्दा पुरानो काठमाडौंको जमलस्थित ‘दरबार हाई स्कूल’को मुख्य भवनको निर्माण कार्य सम्पन्न गरिएको छ ।

चीनको साङ्घाइ कन्ट्रक्सन ग्रुपले चिनियाँ र नेपाली कामदारको सहयोगमा बन्न थालेको सो स्कूलको पुनः निर्माणको मुख्य काम सकिएको हो ।

आज स्कूल परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत हाउ यान्छीले ९ महिनामा नै स्कूलको पुनः निर्माणको मुख्य काम सकिएको जानकारी गराइन् ।

भूकम्पले ध्वस्त बनाएको सो दरबार हाईस्कुलको मुख्य भवनको निर्माणको कार्य १० महिना भित्रै सम्पन्न गरिएको सो विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिए ।

२०१० सालमा स्थापना भएको दरबार हाईस्कुल नेपालको पहिलो आधुनिक हाईस्कुल हो ।

२०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले सो विद्यालयको भवन ध्वस्त बनाएपछि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भईरहेको हो ।

उक्त विद्यालयमा आगामी मंसीर भित्र नयाँ भवनमै पठनपाठन सुरु गर्ने बताइएको छ ।