१ चैत्र २०८२, आईतवार
पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनमा आज आइतबार सर्वोच्चसहित देशभरका अदालतहरु बन्द गरिने भएको छ ।
पूर्वप्रधानन्यायाधीश खत्रीको निधनमा शोक मनाउन आज नेपालभरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा अन्य अदालतहरु बन्द गर्ने सर्वोच्चको आकस्मिक पूर्ण बैठकले शनिबार निर्णय गरेको हो ।


सर्वोच्च अदालतको न्यायाधीश र प्रधानन्यायाधीशको रूपमा लामो समयसम्म सेवारत खत्रीको ९६ वर्षको उमेरमा बुधबार निधन भएको थियो।