९ मंसिर २०८१, आईतवार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला एयरवेजको जहाजमा दुर्घटना परेका १४ जनाको उद्धार भएको छ । बंगलादेशको ढाकाबाट आएको बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाजमा चालक दलका सदस्यसहित ७१ यात्रु सवार थिए । विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चालक दलका चार सदस्य गरी ७१ जना थिए ।
विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। धावनमार्गबाट जहाज चिप्लिएको हो । विमान दुर्घटना भएपछि धावनमार्ग बाहिरको घाँसे मैदानमा आगो लागेको छ । दमकलको सहायताले विमानमा लागेको आगो मैदानमा लागेको आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ।
घटनापछि विमानस्थलका सबै उडान बन्द गरिएको छ, भने घाइतेलाई उद्दार गरी अस्पताल लाने क्रम जारी छ।