९ मंसिर २०८१, आईतवार
अब फिल्महलमा ई-टिकेट व्यवस्था अनिवार्य हुनुपर्ने सरकारले नयाँ कानून ल्याएको छ ।
संघीय संसदमा पेश गरेको आर्थिक विधेयकमा बुधबार फिल्महलहरुको शुल्कमा कडाई गर्ने कानून प्रस्ताव गरिएको हो ।
सरकारले यस पटक फिल्म हलमा ई -टिकेटिङको सुरुवात र त्यसलाई केन्द्रीय चलचित्र व्यवस्थापन प्रणालीमा जोड्नै पर्ने नीति ल्याएको छ ।
असार मसान्तसम्म सो प्रणालीमा ई-टिकेटको प्रणालीलाई जोड्न अनिवार्य गर्दै सरकारले यसरी ई-टिकेटलाई सर्भरमा नजोडी विक्री वितरण गरेको भेटिएमा पहिलो पटकको लागि शत प्रतिशतसम्म र फेरि सोही गल्ती दोहोर्याएमा कूल काटेको टिकटको दुईसय प्रतिशतसम्मजरिवाना लगाई असुल गरिने उल्लेख छ ।
सरकारले तोकेको म्याद भित्र कर नतिर्ने चलचित्र घरलाई जरिवानासहित कर तिर्नको लागि समय दिने र तोकिएको समयभित्र जरिवाना सहितको कर नतिरेमा चलचित्र हललाई बन्द गरेर कर असुल गर्नसक्ने व्यवस्था पनि प्रस्ताव गरेको छ ।