प्रधानमन्त्री ओली र मोदीबीच आज भेटवार्ता, ओली आजै स्वदेश फर्कने

होमल्याण्ड खबर

२०७६ जेष्ठ १७ गते, शुक्रबार ०९:१८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज शुक्रबार भेटवार्ता हुनेछ ।

नयाँ दिल्लीमा नेपाली समय अनुसार बिहान पौने १२ बजे भेटवार्ताका लागि समय तय भएको बताइएको छ ।

भेटवार्तामा द्विपक्षीय मुद्दामा भन्दा पनि नेपाल–भारत सम्बन्धका सम्रग आयाममा केन्द्रीत हुने बताइएको छ ।

ओलीले सोही भेटमा भारतका नवनियुक्त प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तासमेत दिने स्रोतले जनाएको छ ।

दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा चुनिएका मोदीको शपथ समारोहमा सहभागी हुन ओली बिहीबार दिल्ली पुगेका थिए ।

भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तापछि ओली शुक्रबार दिउँसो ३ः ४० मा नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।