८ मंसिर २०८१, शनिबार
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक नागरिकलाई आफु खुशी धर्म र संस्कृति अंगाल्ने हक हुने बताएका छन् ।
मुस्लिम धर्मावालम्वीहरुको महान चाड ईद उल फित्रको अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले जस्ले जे धर्म मानेपनि त्यस धर्म अंगाल्न स्वतन्त्रता भएको बताएका हुन् ।
हरेक नेपालीको धार्मिक तथा साँस्कृतिक जीवनमा हर्षोल्लासका साथ सहभागी हुने अधिकार सुनिश्चित गरिएको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उत्साहको यही परिवेशमा आर्थिक सामाजिक रुपान्तरणको ध्येयका साथ सारा देश समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर छ ।
उनले संविधानले धार्मिक र साँस्कृतिक स्वतन्त्रता सहितको धर्म्िनरपेक्षतालाई सुनिश्चित गरेको स्मरण गरेका छन् । उनले मुस्लिम धर्मावलम्बीहरुको सम्मान गर्दै सरकारले आज सार्वजनिक विदा दिएको एक सन्देशमार्फत प्रस्तुत गरेका छन् ।