विश्व वातावरण दिवशको अवसरमा प्रधानमन्त्रीले सिंहदरबारमा रोपे विरुवा

होमल्याण्ड खबर

२०७६ जेष्ठ २२ गते, बुधबार १४:१९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरण दिवशको अवसर पारेर सिंहदरबारमा ‘एभोकार्डो’को विरुवा रोपेका छन् ।

विश्व वातावरण दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइएको छ । प्रधानमन्त्री ओलीसहित अन्य मन्त्रीहरु, गृहमन्त्री रामबहादुर थापा, उद्योग मन्त्री मातृकाप्रसाद यादवले पनि आज सिंहदरबार परिसरमा एभोकार्डोको विरुवा रोपेका छन् ।

सरकारले एक नेपाली एक फलफूलका विरुवा कार्यक्रम गतबर्ष देखि सुरु गरेको थियो । यही कार्यक्रमको निरन्तरता स्वरुप प्रधानमन्त्री ओलीले एभोकार्डोको विरुवा रोपेका हुन् । सिंहदरबार परिसरमा २८ वटा एभोकाडो बिरूवा रोपिएका छन् ।

सरकारले वातावरण हराभरा बनाउनको लागि वृक्षरोपणलाई प्राथमिकताको साथ लिएको छ ।