९ मंसिर २०८१, आईतवार
एजेन्सीः भारतको उत्तर प्रदेशमा आएको हावाहुरीसहितको वर्षा र चट्याङका कारण १९ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।
बिहीबार रातिदेखि चलेको हावाहुरले १२ जिल्लामा क्षति पुर्याएको र जसमध्ये मैनापुरीमा ६ जना, एटा र कासगंजमा ३–३, मुरादाबादमा २ तथा महोबा, हमीरपुर, फरुखाबाद, जालौन र बदायुंमा १–१ जनाको मृत्यु भएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।
कतिपय ठाउँमा असिना परेको छ। हावाहुरीपछि धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ। हावाहुरीका कारण घरहरु भत्किँदा ४८ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।
साथै उक्त हावाहुरीबाट ८ पशु चौपायको समेत मृत्यु भएको बताइएको छ ।