कोरियाली परीक्षामा अमर्यादित गतिविधि गर्ने ४७ जना पक्राउ

होमल्याण्ड खबर

२०७६ जेष्ठ २६ गते, आईतवार १२:४५ मा प्रकाशित

सन् २०१९ को कोरियाली भाषा परीक्षामा शनिबार भएको पहिलामा अमर्यादित गतिविधि गर्ने ४७ जना पक्राउ परेका छन् ।

काठमाडौं, ललितपुर र पोखराका विभिन्न ३२ केन्द्रमा एकैसाथ सञ्चालन भएको भाषा परीक्षा केन्द्रबाट उक्त संख्याका परीक्षार्थी पक्राउ परेका हुन् ।

शाखाका निर्देशक कृष्णप्रसाद खनालका अनुसार पहिलो दिन ४६ हजार १९६ जना सहभागी भएको, चार हजार ३७ परीक्षार्थी अनुपस्थित भएको र परीक्षामा अमर्यादित गतिविधि गर्ने, अर्काको नाममा परीक्षा दिने ४७ पक्राउ परेका छन् ।

पक्राउ परेका उनीहरुलाई सार्वजनिक अपराध ऐनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।

सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३७६ युवाले आवेदन फारम भरेका थिए ।

उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले फारम भरेका थिए ।

भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुला गरिएको थियो । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ ।