१ चैत्र २०८२, आईतवार
राष्ट्रपति विद्यादेवि भण्डारीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न नेपालका सबै विश्वविद्यालयहरु सम्बाहक शक्ति भएको बताएकी छन्।
आइतबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई शीतल निवासमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विश्वका अन्य मुलुकमा विश्वविद्यालयले देशको समृद्धिको लागि दिएको योगदानलाई नेपालका विश्वविद्यालयहरुले आत्मसात गर्नुपर्ने जनाएकी छन् ।


साथै राष्ट्रपति भण्डारीले यस अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले नेपालमा गुणस्तरीय र जनमुखि शिक्षाको प्रवर्द्धनमा सघाउ पुर्याउने विश्वास व्यक्त गरेकी छन् ।
त्रिभुवन विश्वविद्यालयका उपकूलपति डा.तीर्थराज खनियाँले विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न सो सम्मेलनको आयोजना गरिएको बताएका छन् ।
सम्मेलनबाट प्राप्त ज्ञान र अनुभवबाट त्रिविको शिक्षा प्रणाली सहित संस्थागत सुधार ल्याउन सकिने उपकूलपति खनियाँले बताएका छन् ।
दुई दिनसम्म चल्ने सम्मेलनमा जापान, फिन्ल्याण्ड, भारत, सिंगापुर,अमेरिका, बेलायत र नेपालका ख्याती प्राप्त प्राध्यापकहरुले कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।