८ मंसिर २०८१, शनिबार
अचेलको व्यस्त जीवनमा कसैले पनि घरधन्दामा धेरै समय दिन सक्दैनन् । अझ बालबच्चा हुनेहरूका लागि त समयको व्यवस्थापन थप चुुनौतीपूर्ण हुन्छ । बच्चाहरू धेरै फोहोर गर्ने भएकाले कपडा धुने, सुकाउने, पट्याउने लगायतका झण्झटले खासगरी आमाहरूलाई सारै सताएको हुन्छ ।
यस्तो अवस्थामा ‘फोल्डी मेट’ तपाईको सहयोगी हुनसक्छ । यसले सर्टलाई मिलाएर पट्याउँछ । ब्लाउज र बच्चाको प्यान्टको टाँकसमेत यसले लगाउँछ । फोल्डी मेटको नयाँ मोडलल तौलिया, सिरानीको खोलसमेत पट्याउँछ । पुरानो प्रविधिलाई प्रतिस्थापन गरेर फोल्डी मेट नयाँ विशेषतासहित आएको हो ।
फोल्डी मेटको सहायताले तपाईले २० देखि ४० आइटमका कपडा दुईदेखि चार मिनेटभित्र पट्याउन सक्नुहुन्छ । कुनै पुरानो फोटोकपी मेसिनजस्तो फोल्डि मेटलाई तपाईसँग उपलब्ध स्थान जता पनि राख्न सक्नुहुन्छ ।
सन २०१९ को अन्त्यसम्ममा युरोपियन होम अप्लाएन्सेस ग्रुप (बीएसएच) सँगको सहकार्यमा यो मेसिन बजारमा ल्याउने तयारीमा रहेको छ । यसको मूल्य आठ सय ५० अमेरिकी डलरको आसपासमा रहने अनुमान गरीएको छ ।