१२ मंसिर २०८१, बुधबार
बिदेशी लगानीका ठुला मल्टीनेश्नल कम्पनीले आफ्नो सेल्स बढाउनको लागी यस्ता निषेधको ब्यापार गर्नु बजार मापदण्ड र प्रचलित कानुन विपरित हो । यिनीहरु सबै डिलरको पैसामा चलेको छन्, ठुलो कम्पनी ले घमण्ड गर्नु बेकार हो ।
नेपाल पेन्टस् डिलर एसोएिसन एक पेन्टस् डिलरको छाता संगठन हो । डिलरहरुको हकहीत संरक्षण र पेन्टस कम्पनी र डिलरको बिचमा आई पर्ने समस्याहरुको बारेमा काम गदै आएको सस्था हो नेपाल पेन्टस् डिलर एसोसिएसन । पछिल्लो समयमा ठुला मल्टीनेश्नलले पेन्टस्ले बजारमा गरेका गतिबिधी र पेन्टस् बजारको अबस्थाको बारेमा नेपाल पेन्टस् डिलर एसोसिएसनका अध्यक्ष रामचन्द्र खत्री सँग होमल्याण्ड मिडियासँग गरेको कुराकानी :
पेन्टस् बजारको अहिलेको अवस्था कस्तो छ ?
आज भन्दा पाँच सात बर्ष अगाडी पेन्टस्को बजार ठिक थियो । तर अहिले ठुला कम्पनीले जहाँ पायो त्यही डिलर खोल्ने, एक महिनामा तिन चोटि स्किम ल्याउने, अस्वस्थ प्रतिस्पर्धााले गर्दा बजारमा प्रतिस्पर्धा बढि छ , पेन्टस् बजार बढ्दो छ तर पेन्टसे बेच्ने डिलरहरुको अबस्था दयानिय छ । बजारमा तछाड मछाड छ, कुनै मापदण्ड छैन, जसले जुन पेन्टस् जस्तो गुणस्तरको बेचे पनि हुने , हेर्ने कुनै नियमन निकाय छैन । पेन्टस् बजारलाई ठुला भनौदा कम्पनीले धेरै भद्रगोल बनाएका छन् ।
कसरी भद्रगोल हुन पुग्यो पेन्टस् बजार ?
कम्पनीलाई सेल्स र टन ओभरको को पिर छ, डिलरलाई स्किमको पिर, जहाँ पायो त्यही डिलर खोल्यो त्यो डिलरलाई स्किममा लोभ्याउने एक चोटीमा ४०, ५० लाखको सामान लिन्छ , बजारको अबस्था त्यो डिलरलाई थाहा हुदैन, त्यसले बेच्न सकेन भने त्यसको नजिक अर्को डिलर खोलेर राखिदिने, कम्पनीले पेल्ने, डिलरले टार्गेट पुरा गर्न सक्दैन, अर्को कम्पनी पनि बेच्न दिदैन त्यो डिलरले कम्पनीलाई सेकेरुटी दिएको हुन्छ । कम्पनीलाई पिर छैन डुब्ने घाटा हुने जति सबै डिलरलाई यस्तै गतिविधिले नेपाली पेन्टस् बजार भद्रगोल छ । यो सबै दोष ठुला मल्टीनेश्नल कम्पनीलाई जान्छ ।
पेन्टस् बजारमा ठुला कम्पनीले गर्न खोजेको एकाधिकार बारेमा के भन्नु हुन्छ ?
कसैले पनि बजारमा एकाधिकार जमाउन पाउदैन । त्यो सामान बेच यो पेन्टस् नबेच, तेरो बोनस रोकिदिन्छु, सामान दिन्न, अरुको सामान नबेच भनेर साइन गराउदै हिड्ने, पाएको बोनस रोक्ने काम गर्नु गलत हो । यदि ठुला कम्पनीले यस्तो क्रियाकलाप गर्दा बजारमा नराम्रो असर पर्न जान्छ । पछिल्लो समय बिदेशी लगानीका मल्टीनेश्नल कम्पनीहरुले गर्दा हामी ठुला देखी साना डिलर सबैलाई समस्या पारेको छ । भर्याङ मुनी, अर्को घरमा लुकाएर सामान बेच्नु पर्ने अबस्था आएको छ । अहिले हामी डिलर एक हुनुपर्ने बेला आएको छ । हामी एक भयौ भने यस्ता कम्पनीले खेल्ने ठाँउ पाउदैन । संगसंगै पसल सँग जोडेर डिलर खोलेर अस्वस्थ प्रतिस्पर्धा सिर्जना गरेको छ । यसको बारेमा पेन्टस् डिलर एसोसिएसन लड्न तयार छ। हामीलाई समस्यामा पार्ने कम्पनीको सामान बेच्दैनौं र बन्दै गर्दछौ । यो कुरा कम्पनीले बेलैमा बिचार पुञ्याउँदा राम्रो ।
बजारको यस्तो अवस्थामा नेपाल पेन्टस् डिलर एसोसिएसनको भुमिका कस्तो हुन्छ ?
सबै भन्दा पहिले हामीले आफ्नो अधिकारको लागी एक हुन जरुरी छ । डिलरको लगानीमा कम्पनीले रजाई गरेको छ । यो सबै हामी डिलरले बुझनु पर्दछ । डिलरहरुले आफुलाई परेको समस्या खुलस्त रुपमा राख्नु पर्दछ त्यस पछि कम्पनी र डिलरको विच दुरी कम गर्नको लागी सजिलो हुन्छ । नेपाल पेन्टस् डिलर एसोसिएसनमा दर्ता भएका डिलरको बारेमा हकहित र संरक्षणको बारेमा काम गर्न गर्दछ । यो सबैको साझा थलो हो यसमा सबैको बराबर हक हुन्छ ।
पेन्टस् कम्पनी कसरी चलेका छन् ?
हाम्रो पैसा, हाम्रै लगानी, हामी माथी नै थिचो मिचो छ । महिनामा तिन चोटी स्किम आउछ त्यो पनी सात पेजको, डिलरले एक पेज बुझेको हुदैन अर्को स्किम आइसकेको हुन्छ । कम्पनीको प्रतिनिधि आएर स्किमको बारेमा अपुर्ण जानकारी दिएर जान्छ । महिनामा २० देखी ३० ओटा डिलर खोल्ने टार्गेट दिएको हुन्छ । डिलरले पुरै बुझेको हुदैन, एउट पुरै स्किम लिएको हुदैन कम्पनीसंग मनमुटाव सुरु हुन थाल्छ, अनी सगै सय दुई सय मिटरको फरकमा अर्को डिलर खोल्ने काम हुन्छ । त्यो पनि नजिकैको डिलरको अनुमति बिना, एक किलोमिटरमा तिन चार ओटा डिलर खोल्ने अनि त्यही डिलरलाई अरु कम्पनीको सामान नबेच भन्ने यो त सरासर कानुन विपरित हो । ठुला कम्पनीले आफ्नो सेल्स बढाउनको लागी यस्ता निषेधको ब्यापार गर्नु बजार मापदण्ड र प्रचलित कानुन विपरित हो । यिनीहरु सबै डिलरको पैसामा चलेको छन्, ठुलो कम्पनी ले घमण्ड गर्नु बेकार हो ।
त्यसो भए पेन्टस् डिलरहरुको लगानी सुरक्षित छैन त ?
हो हाम्रो लगानी सुरक्षित छैन, कम्पनीले चाहेको खण्डमा मेरो संगैको सटरमा मलाई नसोधी डिलर खोल्न सक्छ । हामीसंग खाली चेक लिएको हुनछ । सामान उधारो जान्छ । कम्पनीको सामानको गुणस्तर देखि सबै हामी माझ ठोकिन्छ । हामीलाई भने बजार बाट पैसा आउने हो यदि पैसा नआउने हो भने केही सुरक्षित हुदैन, कम्पनीको यस्तो गतिविधिले हाम्रो लगानी सुरक्षित छैन । कुनै पनि कम्पनीले यो सामाचन बेच त्यो सामान नबेच भनेर भन्ने अधिकार उसैलाई छन् । हाम्रो पैसामा लगानी गरेर खुल्ला व्यापार गर्न पाउनुु पर्दछ । डर त्रासमा ब्यापर हुदैन ।
नेपाल पेन्टस् डिलर एसोसिएसन अबको योजना के छ ?
हामी तिन सय जति छौं । नयाँ आउनु भएका पेन्ट्स डिलर साथीहरुलाई मिलाएर लैजाने कम्पनी र डिलर विचको दुरी कम गर्ने, डिलर लाई कम्पनीले गर्ने गबिधिबारे जानकारी गराउने डिलरले गरेको लगानी लाई सुरक्षीत बनाउने काम गर्न, कम्पनीलाई डिलर र ग्रहाकको लागि सहजता अपनाउने काम गर्ने गराउने योजना छ ।
स्वदेशी लगानीमा आएका कम्पनि हरुको बजार कस्तो छ ?
नेपालीहरुको लगानी बाट सञ्चालमा आएका कम्पनी हरु पैतालीस भन्दा बढी छन् । सबै बिस करोड देखी सयकरोड भन्दा बढी बेच्ने पनि छन् । सबैको लागी बजार खुल्ला छ । ग्राहकको रोजाईमा जुन पर्छ त्यही बढी ब्यापार हुने हो । हामी सबै डिलर एक भएर स्वदेशी सामान बेच्नु पर्दछ । यही उत्पादन भएको समानलाई पुस सेल गर्नु पर्दछ । तर स्वदेशी उत्पादन आफैमा गुणस्तरीय हुनु पर्दछ ।