१ चैत्र २०८२, आईतवार
हरेक वर्ष जुन १२ तारिखमा विश्वभर मनाइँदै आएको बालश्रम विरुद्ध दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।
यो वर्ष ‘बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन्’ भन्ने नाराका साथ नेपालमा बालश्रमविरुद्धको दिवस मनाइँदैछ ।


बालश्रम विरुद्धआईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्धि महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रमविरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो ।
होटल, पर्यटन, मनोरञ्जन क्षेत्र, घर, ईंटाभट्टा, जरी भर्ने, गलैँचा कारखाना, सवारी साधन, ग्योरज, उद्योगलगायतका क्षेत्रमा बालश्रमिक रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
सन् २००८ मा भएको सर्वेक्षणले १६ लाख बालश्रमिक रहेको देखाउँछ । त्यस्तै, सन् २०१७–२०१८ को सर्वेक्षण अनुसार ज्यालाको आदान प्रदान भएको बालश्रमिकको सङ्ख्या दुई लाख ८६ हजार छ ।
त्यस्तै, निजी प्रयोजनका लागि काम लगाइएका र सेवा प्रदायक काममा राखिएका बालबालिका २१ देखि २५ लाखको सङ्ख्यामा रहेका छन् ।