९ मंसिर २०८१, आईतवार
एजेन्सीः इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गर्दै तेस्रो जित निकालेको छ ।
म्यानचेस्टरमा आइतबार भएको बहुचर्चित खेलमा पाकिस्तानलाई हराउँदै भारत विजयी भएको हो । भारतविरुद्ध विश्वकपमा पाकिस्तानको यो सातौं हार हो ।
ओल्ड ट्राफोर्डमा भारतले दिएको ३ सय ३७ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहदा वर्षाको कारण खेल केहि समय रोकिएको थियो ।
वर्षाले प्रभावित गरेपछि खेल ४० ओभरमा झारिएको थियो र डीएल पद्दतिको आधारमा पाकिस्तानले ३ सय २ रनको नयाँ लक्ष्य पाएको थियो ।
भारतले दिएको नयाँ लक्ष्यसहित ब्याटिङ गरेको पाकिस्तानले पुरै ४० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन मात्र बनाउन सक्यो ।
त्यसअघि वर्षाले खेल रोकिनुअघि पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो ।
जितसंगै भारतले ४ खेलबाट ७ अंक जोडेको छ । तेस्रो स्थानको भारतले ३ खेलमा जित र १ खेलमा अंक पाएको थियो ।
पाकिस्तानको यो तेस्रो हार हो । यो हारसंगै पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेलमा पुन हार व्यहोरेको छ । पाकिस्तानले ५ खेलमा ३ अंक जोडेको छ ।