१ चैत्र २०८२, आईतवार
सरकारले ल्याएको गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौंको माइतीघरमा विशाल जनप्रदर्शन भएकाे छ ।
सरकारले गुठी विधेयक फिर्ता लिएपनि गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमले आज गरेको खबरदारी सभा कार्यक्रमका कारण काठमाडौंका मुख्य सडक अस्तव्यस्त भएका छन् ।


माइतीघर मण्डलामा भएको खबरदारी सभाका कारण काठमाडौंका बानेश्वर, कोटेश्वर, माइतीघर, न्युरोड, त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पुतलीसडकलगायतका सडकमा सवारीको चाप बढेपछि अस्तव्यस्त भएको हो ।
मुख्य ठाउँमा जाम भएलगत्तै उपत्यकाभर नै यसको असर परेको ट्राफिक प्रहरीले जनाएको छ ।