१ चैत्र २०८२, आईतवार
नेपालमा यस वर्षको मनसुन भित्रिएको छ । अहिले १० दिन ढिलो गरी मनसुन प्रवेश गरेको छ । सामान्तया १० जुनमा मनसुन भित्रिने भए पनि १० दिन ढिलो गरी बिहीबार पूर्वी भागबाट मनसुन सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी भेगबाट मनसुन भित्रिएको भए पनि औपचारिक घोषणा भने गरिएको छैन । मनसुनी हावाको प्रभाव पूर्वी भेगदेखि देशका मध्य भेगसम्म देखिन थालेको मौसमविद्हरूको भनाइ छ ।


गएरातिदेखि नै पूर्वी भेगदेखि काठमाडौं उपत्यकासहित मध्य भागमा यो खालको वर्षा शुरु भएको मौसमविद्ले बताए ।
यो वर्ष मनसुन अवधिमा प्रदेश १, २ , ३ र ५ मा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ ।
वर्षभरीका अन्य समयमा पश्चिम वायु प्रभावकारी हुने भए पनि मनसुनका बखत् भने पूर्वी वायु सक्रिय हुन्छ । पूर्वी क्षेत्रबाटै मनसुन प्रवेश हुन्छ । गत वर्ष जेठ २५ मै नेपालमा मनसुन सुरु भएको थियो । मेघगर्जन र हावाहुरी नभई स्थिर खालको पानी पर्न थालेपछि मनसुन सुरु भएको मानिन्छ ।