१ चैत्र २०८२, आईतवार
सर्भरको समस्याका कारण लोक सेवाको अनलाइन फारम भर्न केहि कठिनाइ भइरहेको बेला अब त्यो समस्या हट्ने भएको छ ।
अनलाइन सिस्टममा आएको समस्याका कारण फारम भर्न नपाएको भन्दै गुनासो आएपछि आयोगले सर्भरको क्षमता ५ गुणा वृद्धि गर्न लागेको छ ।


यही समस्यका कारण फारम भर्ने म्याद समेत एक साता बढाउनु परेको थियो । उक्त समस्या आजै साँझसम्ममा समाधान हुने आयोगले जनाएको छ ।
अनलाइन सिस्टममा आएको समस्याका बावजुद पनि फारम भर्ने क्रम भने रोकिएको छैन ।
समस्या आएको र कामै नभएको भनिएका दिनमा पनि १५-२० हजारको हाराहारीमा अनलाइन आवेदन आएको कर्मचारीहरुले बताएका छन् ।
फारम भर्ने अन्तिम मिति असार ३ गते सम्म भए पनि सर्भर समस्याका कारण त्यसलाई बढाएर असार १० गतेसम्म पुर्याइएको थियो ।
साथै अहिले दोब्बर दस्तुर तिरेर १७ गतेसम्म फारम भर्न सकिन्छ ।