१ चैत्र २०८२, आईतवार
काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको ना ६ ख १३३९ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए । अन्य १२ घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।


बस चालक फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।