तीव्र गतिमा सवारी चलाउने ९४० सवारी चालक कारवाहीमा

होमल्याण्ड खबर

२०७६ असार ९ गते, सोमबार १०:५२ मा प्रकाशित

तीव्र गतिमा सवारी चलाउने ९४० जना कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न जेठ २८ देखि सुरु गरेको योअभियानमा उक्त संख्याका चालक कारवाहीमा परेका हुन् ।

महाशाखाका अनुसार कलङ्कीदेखि कोटेश्वरसम्म र भक्तपुर सडकखण्डमा ५० भन्दा बढी स्पिड चलाउने सवारी साधनलाई कारवाही गर्दै आएको बताएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख तथा काठमाडौँ उपत्यकामा नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् ।