१ चैत्र २०८२, आईतवार
मंगल ग्रहमा मिथेन ग्यास भेटिएको छ । नासाको मंगल ग्रहमा पठाइएको विमानले उक्त ग्रहमा मिथेन ग्यास रहेको पत्ता लगाएको हो ।
सात वर्षमा पहिलोपटक मिथेन ग्यास पाइएसँगै अब मंगल ग्रहमा जैविक सम्भाव्यता हुनसक्ने आशंका उत्पन्न भएको छ । आइतबार नासाले उक्त इमेलको आधारमा मंगल ग्रहमा मिथेन ग्यास रहेको पुष्टि गरेको हो ।


न्युयोर्क टाइम्समा प्रकाशित एक प्रतिवेदनअनुसार वैज्ञानिकले यो मिसनअन्तर्गत पाएको आन्तरिक इमेलको आधारमा मंगल ग्रहमा मिथेन ग्यास भएको हुनसक्ने बताएका हुन् ।
मिथेन पृथ्वीको जैविक अस्तित्वको लागि निकै महत्वपूर्ण तत्व हो । यसअघि पनि मंगल ग्रहमा मिथेन हुनसक्ने अनुमान वैज्ञानिकले बताउँदै आएका छन् ।
सन् १९७० को दशकमा पनि मंगल ग्रहमा मिथेन ग्यास रहेको हुनसक्ने एक प्रतिवेदनले देखाएको थियो ।
मिथेन पत्ता लाग्नुको अर्थ मंगल ग्रहमा जैविक अस्तित्व हुनैपर्छ भन्ने केही छैन । मंगल ग्रहमा गरिएको अनुसन्धानमा नियमित रुपमा मिथेन आइरहेको पाइएको छ । तर, उक्त ग्यास कहाँबाट आउँछ भन्ने कुरा भने अझै अन्योलमा छ ।
अझै यस विषयमा धेरै अनुसन्धान बाँकी रहेको नासाले बताएको छ । नासाले अहिलेसम्म मिथेन कहाँबाट आउँछ भन्ने कुरा पत्ता लगाउनसक्ने कुनै उपकरण नभएको बताएको छ ।