नर्सिङ् क्षेत्रको लागि यसरी लिइदै छ भाषा परिक्षा , यो बर्ष कति जादैँछन जापान ?

होमल्याण्ड खबर

२०७६ असार ९ गते, सोमबार १४:११ मा प्रकाशित

जापान सरकारले नेपाली कामदारलाई जापान लग्ने नीति बमोजिम यो बर्ष नर्सिङ् क्षेत्रका जनशक्तिलाई मात्र लग्ने भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुषालले यो वर्ष नर्सिङ क्षेत्रका श्रमिक मात्र जापान जान पाउने बताए । 

जापानले १४ ओटा क्षेत्रमा नेपाली कामदार लैजाने भनि नेपालसरकार सँग सम्झौता समेत गरिसकेको छ । यो सङ्गै जापानमा रोजगारी खुल्नलागेको भन्दै भाषा पढाउँदै पैसा असुल गर्ने क्रम बढेको छ । हरेक कन्सलटेन्सीमा यतिबेला अन्य भाषा भन्दा जापनीज भाषाका कक्षा भरिभराउ छन् । 

विभागका अनुसार अक्टोवरमा नर्सिङ केयरको लागि मात्रै परीक्षा लिइने जानकारी छ ।  १४ सेक्टर मध्ये नर्सिङ केयर सेक्टर मात्र हो । नर्सिङ केयरकै कुरा गर्ने हो भने ६० मिनेटको स्किल टेष्ट हुन्छ र २० मिनेटको मात्र भाषा परीक्षा हुनेछ ।  जापानमा भाषा भन्दापनि शिपमा बढी केन्द्रीत हुने सरोकारवालाहरु बताउँछन् । 

गत चैत ११ गते नेपाल र जापानबीच कामदार लैजानेबारे एमओसीमा हस्ताक्षर भएको थियो। जापानले नेपालसँगै इन्डोनेसिया, भियतनाम, चीन, मंगोलिया, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स र कम्बोडियाबाट पनि कामदार लाने प्रकृया अगाडि बढाएको छ । यो बर्ष कति लाग्दैछ भनेर जानकारी आएको छैन् ।