सरकारले आज राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता लिँदै

होमल्याण्ड खबर

२०७६ असार १० गते, मंगलवार १०:१४ मा प्रकाशित

सरकारले आज मंगलबार राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता लिँदैछ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

गएको वैशाख १७ गते संसद्मा दर्ता भएको गुठी विधेयक, २०७५ सरोकारवाला समूदाय तथा अभियन्ताहरुको विरोधपछि आज फिर्ता हुन लागेको हो ।

मन्त्री अर्यालको प्रस्तावमा सांसद्ले आफ्नो सहमति जनाएपछि विधेयक फिर्ता हुनेछ ।

संसद् नियमावली अनुसार विधेयक फिर्ता लिन सरकारले संसद्मा प्रस्ताव गर्नुपर्ने र त्यसलाई सम्बन्धित सदनको बहुमतबाट स्वीकृत हुनुपर्ने व्यवस्था छ ।

गुठियार र सरोकारवालाको तीव्र विरोध भएपछि मन्त्री अर्यालले गएको असार ३ मा पत्रकार सम्मेलन गरी विधेयक फिर्ता गर्ने घोषणा गरेकी थिइन् ।