२९ कार्तिक २०८१, बिहीबार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपालबाट निकासी हुने कृषिजन्य वस्तुहरूको निर्यात सहजीकरण गर्न भारतीय पक्षसँग आग्रह गरेका छन् ।
विश्व व्यापार संगठनले नयाँ दिल्लीमा आयोजना गरेको मन्त्रिस्तरीय बैठकमा मन्त्री यादवले भारतका वाणिज्य मन्त्री सुरेस प्रभु र परराष्ट्रमन्त्री सुष्मा स्वराजसमक्ष यस्तो आग्रह गरेका हुन् । उक्त भेटमा मन्त्री यादवले नेपाल (भारत सीमाका मूख्य भन्सार नाकाहरूमा क्वारेन्टाइन लगायतका व्यापार सहजीकरणका लागि पूर्वाधार निर्माण गर्ने, भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न तथा नेपालमा भारतीय लगानी वृद्धि गर्ने विषयमा जोड दिएका थीए ।
भारतीय विदेश मन्त्री स्वराजसँगको भेटको अवसरमा मन्त्री यादवले नेपालमा राजनीतिक परिवर्तनपश्चात अबको लक्ष्य देशलाई एकतावद्ध गर्ने, राजनीतिक स्थायित्व कायम गर्ने, सुशासन, आर्थिक वृद्धि र समृद्धि हासिल गर्ने रहेको बताए । उनले नेपाल (भारत बीचको व्यापार र पारवहनको क्षेत्रमा रहेका समस्या समाधान गर्न एकीकृत जाँच चौकी लगायतका व्यापारजन्य पूर्वाधार निर्माण, क्रसबोर्डर रेल्वे निर्माण, कलकत्ताबाट नेपाल आउने कार्गाे र कलकत्तादेखि कोशी नदीसम्म जलमार्ग निर्माण र नेपाल तथा बंगलादेश जोड्ने टनेलमार्ग निर्माणमा जोड दिए ।
उक्त भेटमा भारतीय वाणिज्य मन्त्री प्रभुले नेपाल–भारत बीचको व्यापार र पारवहनमा देखा परेका समस्याका बारेमा आफू जानकार रहेको बताएका थीए । उनले व्यापार सहजीकरणमा देखिएका समस्या समाधान गर्न, नेपालमा उत्पादनको उच्च संभावना भएका वस्तुमा लगानी वृद्धि गर्न र व्यापारजन्य क्षमता विकासमा नतिजा देखिने गरी काम गर्न भारत इच्छुक रहेको बताए । सो सन्दर्भमा विदेश मन्त्री स्वराजले नेपाल भारत बीचको व्यापार तथा पारवहनका क्षेत्रमा भएका समस्यालाई नतिजा देखिने गरी समाधान गर्न गृहकार्य भइरहेको बताएकी छीन । नेपालको विकास र समृद्धिमा सहयोग गर्न भारत तयार रहेको उनको भनाइ थियो ।