२ चैत्र २०८२, सोमबार
रौतहटको चन्द्रनिगाहपुरमा प्रहरीको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट थुनुवा लिएर जिल्ला अदालत गौर जाँदै गरेको ना१झ५३८९ नम्बरको प्रहरीको गाडी चन्द्रनिगारपुर सडक खण्डमा पर्ने बालचनपुरमा दुर्घटना भएको हो ।


गाडी दुर्घटनामा परी ६ जना प्रहरी जवानहरू र ५ जना थुनुवा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेमध्ये २ जना प्रहरी जवान र २ जना थुनुवा गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते हुने प्रहरी जवानहरूमा अजय यादव र सञ्जय कार्की रहेका छन् । उनीहरूको चन्द्रनिगाहरपुरस्थित चन्द्रपुर अस्पलतामा उपचार भइरहेको छ ।
यस्तै, गम्भीर घाइते भएका २ जना थुनुवाहरू रमेश कुमार चौधरी र निर्मल शाहलाई थप उपचारका लागि वीरगंज लगिएको छ ।
बाँकी ३ जना थुनुवाहरूको परिचय खुल्न सकेको छैन । गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।