युवतीमाथि ‘सिरिन्ज’ हान्ने सन्तोष कार्की पक्राउ

होमल्याण्ड खबर

२०७६ असार १३ गते, शुक्रबार १३:०० मा प्रकाशित

काठमाडौं उपत्यकामा युवतीहरूमाथि ‘सिरिन्‍ज’ हान्दै हिँड्ने एक युवा पक्राउ परेका छन् ।

काठमाडौं परिसरका प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीको अपराध महाँसाखाको टोलीले महाराजगञ्जबाट बा४७प१३३१ नम्बरको मोटरसाइकल सहित रामेछाप घर भइ हाल नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्कीलाई बिहीबार राति पक्राउ गरेको हो ।

काठमाडौं महाँनगरपालिका—१५ डल्लु लगाएतका स्थानहरुमा मोटरसाइकलबाट आएका अज्ञात व्यक्तिले धारिले कांटी जस्तो वस्तु प्रहार गरी घाइते भएकाे भन्ने पिडितहरुको उजुरीका आधारमा कार्की पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर टेकुमा भएको पत्रकार सम्मेलनमा उनले आफूले नै आक्रमण गरेको स्वीकारेका छन्।