२ चैत्र २०८२, सोमबार
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा (शुक्रवार) आज दिउँसो आपतकालिन अभ्यास हुँदैछ ।
सो समय करिव आधा घण्टा उडान तथा अवरतण बन्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले बताएको छ ।


प्रत्येक दुई/दुई वर्षमा गर्ने आपतकालिन उद्धारको अभ्यास आज गर्न लागिएको हो ।
हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा विमानस्थल आपतकालिन अभ्यास हुने भएको छ ।
यस अभ्यासमा विमानस्थल कार्यालयले नेपाल एयरलान्सको पुरानो काम नलाग्ने जहाज प्रयोग गर्दैछ ।