८ मंसिर २०८१, शनिबार
एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका विद्यार्थीलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ । एनसेल प्राइभेट लिमिटेडले थप पाँच वर्षका लागि निरन्तरता दिइएको यो सम्मान कार्यक्रमअन्तर्गत मंगलबार २४ जना विद्यार्थीलाई आर्थिक सम्मान गरेको हो । एनसेलले इन्जिनियरिङ संकायमा अध्यनरत उत्कृष्ट १८ विद्यार्थीलाई छात्रवृत्ति र ६ जनालाई उत्कृष्टता सम्मान पुरस्कार प्रदान गरेको हो । सबै विद्यार्थीले १–१ लाख रुपैयाँ पुरस्कार राशी प्राप्त गरे ।
एनसेल छात्रवृत्ति विभिन्न इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिएको हो । यसैगरी पाँचवटै संकायका छात्रामध्येबाट उत्कृष्ट नतिजा ल्याएकामध्यबाट एक जना छात्राले यो छात्रवृति पाएकी छन् ।
एनसेलले उत्कृष्टता सम्मानअन्तर्गत यी ५ संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहको पढाइ सकाएका प्रत्येक संकायका १–१ जना र यी पाँचै संकायका छात्राहरु मध्यबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान दिइएको छ ।
यो वर्ष, एनसेल छात्रवृत्ति एनसेलका प्रमुख प्रविधि अधिकृत मुहम्मद अदील इस्रार, वित्तिय प्रमुख कनिश्क गयान विक्रमा, चिफ स्ट्राटिजी अफिसर इरविन एम. युसुफ र सुरक्षा तथा प्रशासन प्रमुख महेन्द्र कुमार भट्टचनले प्रदान गरे । एनसेल उत्कृटता सम्मान इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राध्यापक रामचन्द्र सापकोटा र एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले संयुक्त रुपमा विद्यार्थीहरुलाई प्रदान गरे ।
यसअघि एनसेलले क्याम्पससँग इन्जिनियरिङ तर्फका थप दुई संकायका विद्यार्थीलाई पनि समावेश गराउने गरी ५ वर्षका लगि सम्झौता नवीकरण गरेको थियो ।
एनसेलको व्यवसायिक सामाजिक उत्तरदायित्व
कार्यक्रम अन्तर्गत रहेको यस
कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन
तथा सहयोग पुर्याउँदै
दक्ष युवा जनशक्तिको
विकासका लागि योगदान
पुर्याउने लक्ष्य लिएको छ
। यस सहमति
अनुरुप एनसेलले पुल्चोक क्याम्पसमा
२०७६ साल देखि
२०८० सालसम्म इलेक्ट्रिकल,
इलेक्ट्रोनिक्स, कम्प्युटर, सिभिल र
मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन
गर्ने उत्कृष्ट विद्यार्थीलाई
१ करोड ३०
लाख रुपैयाँको छात्रवृत्ति
तथा उत्कृष्टता पुरस्कार
प्रदान गर्नेछ ।
एनसेलले २०७१ मा
५ वर्षका लागि
यस छात्रवृत्ति तथा
उत्कृष्टता पुरस्कार स्थापना गरेको
थियो ।