२ चैत्र २०८२, सोमबार
काठमाडौं उपत्यकासहित देशभरका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ ।
उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ जसका कारण यहाँबाट बग्ने नदीहरुमा बहाव उच्च बन्दै गएको छ ।


बाढी पूर्वानुमान महाशाखा भारी वर्षा भइरहेकोले नदी आसपासमा रहेका जनतालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
आज प्रदेश १ ,२ र ३ को प्रायः जिल्ला भएर बहने साना नदीहरूमा भारी वर्षाको कारण आकस्मिक बाढीको संभावना समेत रहेको बताइएको छ ।
बुधबार जारी बाढी सूचनामा विहान ७ बजेको मापन अनुसार देशका सबै ठूला, मझौला र यसका शाखा नदीहरुमा बहाब सर्तकता तहभन्दा तल नै रहे पनि सामान्य बढ्दो अवस्थामा रहेको छ ।